आषाढ १५ गते कृषकहरुले धान रोपाई गरेर २२ औं राष्ट्रिय धान दिवस मनाएका छन् ा कृषकहरु बिहान देखी खेतमा धान रोपेर दही चिउरा खाएर धान बालीमा सघनता , खाध्य सुरक्षा र आत्म्निर्भरता भन्ने मुल नाराको साथ २२ औं राष्ट्रिय धान दिवस बारा जिल्लाको परवानीपुरमा भब्य रुपमा मनाईएको छ । कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुर बाराले आयोजना गरेको आषाढ १५ गते धान दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । खेतमा धान रोपेर ,पानी हालेर एक अर्काेलाई हिलो छाप्पेर धान दिवस मनाइएको हो । कार्यक्रममा मधेश प्रदेशका कृषि मन्त्री जनार्धन सिंह क्षेत्री , नेपाल किसान महासंघ मधेश प्रदेशका कार्य समिती , बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी १३ नम्बरका गणपति राधेश्याम धिताल, र नेपाल किसान महासंघका केन्द्रिय सदस्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि रह्नु भएका मधेश प्रदेशका कृषी मन्त्री जर्नाधन सिंह क्षेत्रीले आषाढ १५ गते धान रोप्ने दिन भएको हुनाले देशभरी रहेका कृषकहरुले यस दिनलाई बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउंदै आएका छन् । किसानहरुको लागी प्रेरणा दिने यस्ता कार्यक्रमले कृषि क्षेत्रको समृद्धिमा सकारात्मक योगदान पुयाउने बताउनु भयो । यसैबीच पटेर्वा सुगौली गाउँपालिकाले पनि धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ । रोपाई कार्यक्रममा निशान्त चौधरी, कबिर चौधरी लगायतको सहभागिता रहेको थियो । त्ससैगरी पर्साको जगरनाथपुर गाउँपालिकामा बिशेष कार्यक्रमको आयोजना गरी धान दिवस मनाईएको छ । वडा नम्बर ४ मा गाउँपालिकाका प्रमुखले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्दै २२ औं राष्ट्रिय धान मनाइएको छ ।