बिभिन्न स्थानहरुबाट सशस्त्र प्रहरी बल गुल्मबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याएको ११ लाख ६६ हजार रुपैयाको सामग्रीहरु बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको छ । बीरगंज महानगरपालिका ईनर्वाको गाउँबाट अबैध तरिकाले भारत तर्फ लैजानै क्रममा गस्ती गरीरहेका सशस्त्र प्रहरीलाई हेर्न बितिकै तस्करीका सामान छाडेर फरार भएका छन् । प्रहरीले ५ लाख भन्दा बढीको सामान बरामद भएको छ भने रक्सौलबाट बीरगंज तर्फ आउंदै गरेको अवस्थामा भरिया तस्करहरुले सशस्त्र प्रहरी हेर्न बितीकै सामान छाडेर फरार भएपछि उतm सामान नियन्त्रणमा लिई चेकजाँच गर्दा ४ लाख भन्दा बढीको तस्करीको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ भने अन्य स्थानहरुबाट दुईलाख मुल्य बराबरको सामानहर बरामद गरेको हो ।