बीरगंज भन्सारको पश्चिम पट्टी अतिक्रमण गरेर बनाएको भौतिक संचरनाहरु महानगरपालिकले भत्काएको छ । बिगत केही वर्ष देखी उतm स्थानमा चिया नास्ता पसल, बसको टिकट काट्ने काण्उटर , खाना तथा होटलहरु सञ्चालमा आएको थियो । बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले अतिक्रमण गरेर बनाईएको भौतिक संरचना हटाउने अभियान नै सञ्चलान गरेका हुन् । बीरगंज भन्सारको पश्चिम पट्टी रहेको भौतिक संरचना तोडफोड गरेपछि अब छिटै नै बीरगंजको मेनरोड पनि बिस्तार हुने देखिएको छ । भन्सार नजिकै रहेको भौतिक संरचना भत्काउने अभियान शुरु भईसके पछि पत्रकारहरुले मेयर सिंहलाई बीरगंजको मेनरोड दायाँ बायाँ २५ मिटर तोडफोड कहिले देखी सुरु हुनेछ भने प्रश्नमा मेनरोड छिटै नै अब बिस्तार हुनेछ , उतm अभियान सञ्चालनमा आएको मेयर सिंह भन्नु भयो, महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने मेनरोडका घरधनीहरुलाई घर खाली गर्नका लागी मौािखक तथा लिखित सुचना टाँस गनृै छौं ा केही धनीहरुले अहिले देखी नै महानगरपालिका सँग समन्वय गरेको मेयर सिंहले बताउनु भयो । बीरगंजको बिकासको लागी सबै जनताहरुको साथ र सहयोगको खाँचो रहेको नगर प्रमुखले जानकारी दिनुभयो । त्रिभुवन राजपथ अन्तर्गत पर्ने भन्सार नजिकै पर्ने टहराहरुलाई महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले भत्काएपछि अब बीरगंज मेनरोड पनि तोडफोड हुने अनुमान गर्ने थालिएको हो ।