पर्सा प्रहरीले मोटरसाईकल चोरलाई पक्राउ गरी अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपिरक्षक किशोर लम्सालले बताउनु भयो । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने १९ वर्षीय बिध्यानन्द महतो रहेका छन् । पक्राउ परेका महतो यही आषाढको ९ गते बीरगंज महानगरपाकिला वडा नम्बर ३१ कोनिया टोल बस्ने बिजय पटेलको घर अगाडी रहेको मधेश प्रदेश ०३, ०३५, प ७७४५ नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाईकल पार्किड गरी राखेको अवस्थामा चोरी भएको थियो । प्रहरीले अनुसन्धान गर्ने जाँदा बिध्यानन्द महतोले मोटरसाईकल चोरी गरेको सुचना पाएपछि रँगेहात बिध्यानन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । पक्राउ परेका महतोलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बताउनु भएको छ । चोरी भएको मोटरसाईकल बीरगंज महानगरपालिका वडा नम्बर ३१ कोनिया बस्ने रामज्ञा साहको नाममा रहेको प्रहरीको बताएको छ ।