कालो बजारी गरेको आरोपमा पर्सा प्रहरी एकजनालाई पक्राउ गरी अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो । बीरगंज महानगरपालिका वडा नम्बर २४ स्थित रहेको बिश्वनाथ राउतको घरमा खाद्दान्न बस्तु फुड सप्लिमेन्ट औषधी लगायत सामानहरु भारतबाट सस्तो मुल्यमा खरीद गरेर नेपाल भित्रायाइ पाँच गुणा मुल्यदर मेसिनले प्रिन्टेड छाप लगाई बिक्री बितरण गरेको आरोपमा बीरगंज महानगरपालिका वडा नम्बर २६ बस्ने ४२ वर्षीय जितेन्द्र प्रसाद कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक मिश्रले भन्नु भयो, पक्राउ परेका कुर्मीले कहिल काही त म्याद गुज्रिएको खाद्दान्न बस्तुमा पुरानो स्टीकर हटाएर नयाँ स्टीकर लगाउने गरेका थिए । बिशेष सुचनाको आधारमा कालो बजारी गरीरहेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उतm स्थानमा पुगेर खानतलाशी गर्दा भारतबाट भित्राइएको सामाग्रीहरुमा मुल्य दर बढाएर छाप्दै गर्दा पक्राउ गरिएको प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो ।