कुटपिटबाट एक किशोरको ज्यान गएको छ । बाराको नितनपुर स्थित बजरंंगवली आयल ईन्डस्ट्री चक्की फ्रेश आटा मिलमा कार्यरत रहेका भारतीय मजदुर तथा मुंशी सिंह बीच पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा नम्बर १ बस्ने गोपी बैठा सँग बिवाद भएको थियो ा उतm बिवाद उग्ररुप लिएपछि भारतीय पक्षकका समर्थकहरुले बैठालाई कुटपिट गरी गम्भिर घाईते बनाएका हुन् ा कुटपिटबाट नै गोपी बैठाको मृत्यु भएको चिकित्सकले बताएका छन् । कुटपटिबाट किशोरको ज्यान गएको ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरीलाई जानकारी आएपछि घटना संकलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय तेजपाल राठौर, मुंशी सिंह र एक जनाको नाम नखुल्न सकेको ब्यतिmलाई पक्राउ गरेको हो । प्रहरीले सामान्य सोधपुछ गरेर मुख्य आरोपति मुशी सिह र अर्काे ब्यतिmलाई छाडिएको मृत्कका भाई कृष्ण कुमार बैठाले बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको हुनाले अहिले नै दोषी भन्न नमिल्ने बताउंदै तेजापाल राठौर माथी शंका लागेको हुनाले उनलाई प्रहरी हिरासतमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरीले बताएका छन् ।