ट्यांकरको ठक्करबाट एक मोटरसाईकल चालकको ज्यान गएको छ । बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख २९९२ नम्बरको ट्यांकरले ०२, ०३ २४ प ३९६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदां बीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने २० वर्षीय मोहम्द साहिल अन्सारीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । ट्याकरको ठक्करबाट घाईते भएका अन्सारीलाई थप उपचारको लागी बीरगंजको नारायणी अस्पतालमा ल्याउंदा चिकित्सकले मृत घोषणा गरिेको थियो । ठक्कर दिने ट्याकर र चालक प्रहरीको हिरासतमा रहेको जनाइएको छ ।