बिभिन्न मुद्दामा फरार रहेका १२ जना आरोपितलाई बारा प्रहरीले नियन्त्रणमा लिइएको छ । बारा जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला आएपछि उनीहरु फरार भएका हुन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी एव्म अस्थाई प्रहरी चौकीको संयुतm टोलीले घरमा लुकीछिपी बस्दै आईरहेका १२ फरार आरोपतिलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले बताउनु भयो । पक्राउ पर्नेहरुमा बारा जिल्ला पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने ६० वर्षीय सन्तलाल दास, सिम्रोनगढ नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रभात कुशवाहा, सोही स्थान बस्ने माला औसिदिन अंसारी , जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ६२ वर्षीय दिनानाथ न्यौपाने , सोहस् स्थान बस्ने पदम कुमारी थापा मगर, अजित राय, महानगढीमाई नगरपालिका वडा नम्बर ६ बस्ने पुनदेवा प्रसाद यादव, परवानीपुर गाउँपालिका वडा नम्बर ५ बस्ने बिष्णु प्रसाद राउत कुर्मी लगायत रहेका छन् ।