बीरगंज महानगरपालिका वडा नम्बर २६ अठ्राहा सुगौलीमा पर्साका दुई प्रहरी माथी हातपात भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट फरार अभियुतm पक्राउ गर्नेमा खटिएका प्रहरी सहायक हवल्दार प्रमोद यादव उनका सहयोगीलाई फरार अभियुतm लगायत गाउँका स्थानिय वासिन्दाहरुले कुटपिट गरी घाईते बनाएको अठ्राहा सुगौलीका एक वासिन्दाले नाम नछाप्ने शर्तमा भने, सादा पोशाकमा आएका प्रहरीले फरार अभियुतmलाई पक्राउ गर्न खोज्दा अभियुतmले होहल्ला मच्चाई बचाउनुस भन्दै गुहार मागेपछि प्रहरी माथी हातपात भएको हो । स्थानिय वासिन्दाले हातपात गरेपछि सख्त घाईते भएका प्रहरीद्धयलाई उपचारको लागी बीरगंजको अस्पतालमा भर्ना गरिएको छ । पर्सा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका अभियुतmलाई पक्राउ गर्नका लागी छुटै प्रहरी परिचालन गरेको हो । यस बार्ेमा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र सँग बुझन खोज्दा प्रहरी माथी सामान्य हातपात भएको स्वीकार गर्दे घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको बताउनु भयो । प्रहरी माथी हातपात गर्नै समुहलाई कानुनको दायरामा ल्याउने प्रहरी उपरिक्षक गौतम मिश्रले भन्नु भयो ।