मोटरसाईकल चोरीमा संलग्न रहेका तीन जनालाई बारा प्रहरीले पक्राउ गर्नुको साथै पाँच वटा मोटरसाईकल बरामद गरेको छ । बारा जिल्लाको बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना तिब्रता पाएपछि ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक निरंन मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चोरी भएको पाँचवटा मोटरसाईकल सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोल्हबी नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय राहुल बिक, सोही स्थान बस्ने २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन् । उनीहरुको साथबाट बा ९४ च २१४६ नम्बरको बजाज कम्पनीको २२० पल्सर , प्र २, ०३, ००६ प ६५१५ नम्बरको पलसर , ना ४८ प ६९७० नम्बरको २२० सिसी पल्सर, ना ६५ प ८८६० रातो काले रड्को पल्सर, प्रदेश २, ०३, ००५ ६२२६ पल्सर रहेको छ । पक्राउ तीनजनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।