मानव बेचबिखन तथा ओसार पोसार कार्यमा संलग्न रहेका एक ब्यतिmलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारतीय मुलकी एक युवतीलाई बीरगंजमा काम दिने भन्दै बिभिन्न होटलहरुमा बेश्याबृति गराई रकम लिने गरेको बिशेक्ष् सुचनाको आधारमा पर्सा प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर २९ बस्ने पवन कुमार साह लाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । भारतीय युवतीलाई बीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट उद्धार गरिएको प्रहरी नायब उपरिक्षक लम्सालले बताउनु भयो । पक्राउ परेका साहलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसार पोसारमा अनुसन्धान भईरहेको छ ।