बीरगंजको सिर्सिया नदीमा दिन प्रति दिन बढ्दै गएको प्रदुषण तथा दीर्घकालीन संरक्षण रणनितिबारे बीरगंजको भिष्वा होटलमा बिशेष अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी रह्नु भएका बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले सिर्सिया नदीलाई प्रदुषण मुतm बनाउनका लागी महानगरपालिकाले पहल गरिसकेको हुनाले यस कार्यमा सबैजनाको साथ र सहयोगको खाँचो रहेको बताउनु भयो । कार्यकमको अध्यक्षता बिभागका महानिर्देशक सुशील साहले गरेका थिए ा कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका प्रमुख जिल्ला अधिकारी बन्सन्त अधिकारी, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल र उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतमको उपस्थिति रहेको थियो।
उद्योग वाणिज्य संघ बारा अध्यक्ष मोहन शर्मा, ग्रीन सिटी प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतान, लगायतको उपस्थिती रहेको थियो ।