पर्सा प्रहरीले श्रोत नखुलेको रकम सहित तीनजनालाई पक्राउ गरेको छ । अबैध हुण्डीको कारोवार भईरहेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रलाई सुचना पाएलग्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली पर्साको बिभिन्न स्थानहरुबाट २८ लाख २८ हजार नेपाली रुपैया सहित तीजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नैहरुमा पर्साका पकाहामैनुर गाउँपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय अनिल कुमार बर्णवालको साथबाट ९ लाख, ४७ हजार रुपैया बीरगंज महानगरपालिका मकालु चोकबाट पक्राउ गरेको छ भने बीरगंज महानगरपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय बिनिता कुमार श्रीवास्तवको साथबाट १५ लाख १ हजार रुपैया बरामद गरिएको हो भने ,बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनारलाई बीरगंजको रजतजयन्ती चोकबाट ३ लाख बरामद गरिएको पर्साका प्रहरी गौतम मिश्रले भन्नु भयो । पक्राउ परेका दिपक ना १६ प २३२८ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा सवार भई बीरगंजबाट रक्सौल जाने क्रममा नियन्त्रणमा लिई उनको शरीर खानतलाशी गर्दा पाइन्टको खल्तीबाट नेपाली रुपैया १ सयको दरले २ सय पिस र ५०० सयको १ सय गरी ३ लाख बरामद गरिएको छ । पक्राउ परेका अनिल कुमार बर्णवाल र बिनिता कुमार श्रीवास्तावले लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको रकम बरामद भएको हो । पक्राउ परेका तीनजनालाई पर्सा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिनु भयो । यसैगरी हुण्ढीको कारोवारीमा संलग्न रहेका एक अभियुतm उन्मुतिm पाएको एक प्रत्यक्षदर्शीले भने, पक्राउ परेका तीनजना बीरगंजको आर्दशनगर स्थित रहेको ग्लोबल आईएममी बैंकको तलबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिईएको ती प्रत्यक्षदर्शीको दाबी रहेको छ । सादा पोशाकमा रहेका प्रहरीले चारजनालाई नियन्त्रणमा लिइएको थियो । तर एक जनालाई ग्लोबल आइएमी बैंक तलबाट नै छाडेको ती प्रत्यक्षदर्शीको भनाई रहेको छ । हामीलाई भरपर्दाे श्रोतले दिएको जानकारी अनुसार प्रहरीको चंगुलबाट बाँचन सफल भएका बाराका प्रसौनी गाउँपालिका बस्ने सागर गुप्ता रहेका छन् । सागर गुप्ता नामुद हुण्डी कारोवारीमा संलग्न रहेका ब्यतिm हुन् । बीरगंजमा अहिले सागर गुप्ता समुहका गिरोहहरु हुण्डीको कारोवारमा सक्रिय रहेका छन् ।