पत्रकारलाई दुब्र्यवहार गरेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको छ ा आषाढ २२ गते आईतवार बीरगंजको क्लासिक ब्याक्वेटमा चलचित्र पत्रकार महासंघले आयोजना गरेको कार्यक्रम सहभागी हुनका लागी क्लासिक क्यांक्क्ेटमा पुगेका बीरगंजका सञ्चारकर्मी भुलवश सोही स्थानको अर्काे कोठामा स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेका पत्रकारहरुलाई अधिकृत ठाकुरले गालीग्लौज गर्दै दुब्र्यवहार गरेका हुन् । मदिरामा मस्त भएका अधिकृत ठाकुरले गालीग्लौज गर्न थालेपछि सञ्चारकर्मीहरुले किन गाली गरेको भन्दै प्रश्न गर्दा आका्रेशित भई ठाकुरले झन् दुब्र्यवहार गरेका हुन् । पत्रकारहरुले आफनो क्याम्रा तथा मोबाईलमा ती दुश्य कैद गर्दा पनि अधिकृत ठाकुर मदिरामा लठ् भई चर्काे आवाजमा झगडा गरेको हेर्न सकिन्छ । पत्रकारले क्याम्रामा कैद गरेको दृश्यमा मदिरा सेवन गरेर जनस्वाथ्य कार्यालयका अधिकृत जयमोद ठाकुर कार्यक्रम सञ्चालन गरेको प्रश्न गर्दा एक बिचौलियको मार्फत फरार भएको दुब्र्यवहारमा परेका सञ्चारकर्मीको भनाई रहेको छ । पत्रकार माथी दुब्र्यवहार गरेको जानकारी भएपछि नेपाल पत्रकार महासंघ पर्सा, नेपाल प्रेस सेन्टर, प्रेस चौतारी प्रेस युनियन लगायतका संगठनहरुले बिरोध जनाउंदै अधिकृत ठाकुरलाई कारवाहीको माँग गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा गएको टोलीले जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जमोद ठाकुर बिरोध जाहेरी दिएपछि छलफलका लागी पर्सा प्रहरीले ठाकुरलाई बोलाएको थियो । छलफलमा कुनै निष्कर्ष नभएपछि अधिकृत ठाकुरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिइएको नेपाल पत्रकार महासंघ पर्साका सचिव बिजय महतोले भने, सञ्चारकर्मीलाई दुब्र्यवहार गरेका अधिकृतलाई कारवाहीको माँग गरिएको बताएका छन् । हामा्रे माँग पुरा नभएपछि बाध्य भएर हामी आँदोलन गर्ने बाध्य हुनेछौ नेपाल पत्रकार महासंघ पर्साका सचिव बिजय महतोको भनाई रहेको छ ा बिवादित छबीका अधिकृत जमोद ठाकुरलाई उन्मृतिm दिलाउनका लागी केही बिचौलियाहरु लागी परेको सचिव महतोले भने, यस सम्बन्धमा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र सँग बृझन खोज्दा सञ्चारकर्मीलाई दुब्र्यवहार गरेका अधिकृतलाई कारवाही हुने ्प्रतिबद्धता जनाउनु भयो । यात्रा डेलीका संम्वदाता लगायत अन्य संगठनमा आवद्ध रहेका पत्रकारलाई अधिकृत जमोद ठाकुरले दुब्र्यवहार गरेका हुन् । प्रहरी हिरासतमा रहेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जमोद ठाकुरको स्वास्थ्यमा बिग्रीएपछि उनलाई उपचारको लागी नारयाणी अस्पतालमा भर्ना गरिएको पर्सा प्रहरीको भनाई रहेको छ । प्रहरीको हिरासतमा बस्न नखोजेको अधिकृत ठाकुरले नाटकीय ढंगले स्वास्थ्यमा गडबढी आएको भन्दै अस्पतालमा भर्ना गरिएको पत्रकार आरवन साहले आफनो समाजिक सञ्जालमा पोष्ट गरेका छन् ।