अबैध लागु औषध सहित बारा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान थालिएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले जानकारी दिनुभयो ा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक तन्द किशोर सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ५ भरत चौक स्थित मटिअर्वा जाने बाटो छेउमा दुईवटा आपको क्यारेट राखेको अवस्थामा प्रहरीलाई हेर्न बितीकै क्यारेट राखेर फरार भएपछि डिउटीमा खटिएका प्रहरीले शंकाको आधारमा उतm क्यारेट चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ४ हजार ५ सय एम्पुल बरामद भएको हो । लागु औषध बरामद भएपछि फरार रहेका ब्यतिmलाई बारा प्रहरी पक्राउ गर्न सफल भएको छ ा पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षीय सेराज अंसारी रहेका छन् । उनको साथबाट प्रहरीले १५०० नोफिन, १५०० फेनारगन, १५०० डाईजोपाम लागु औषध बरामद गरिएको प्रहरी उपरिक्षक सन्तोष तामांगले भन्नु भयो ।