बीरगंज यातायात ब्यवस्था कार्यालयका कर्मचारीहरु घुसको रकम लिनमा माहिर रहेको एक सेवाग्रहीले भने, रकमको लेनदेन नगरेसम्म कुनै काम नै नहुने ती सेवाग्रहीको आरोप रहेको छ ा यातायात ब्यवस्था कार्यालय बीरगंजका प्रमुख कुशेश्वर साहको आगमन् भएदेखी नै बिचौलयाहरको बाक्लो उपस्थिती रहेको हेर्न सकिन्छ ा हाकीम कुशेश्वर साह बिचौलयाको मार्फत सवारी चालक अनुमती पत्र लाइसेन्सको रकम लिने गरेको एक बिचौलियाले भने, बिना रकमको कार्यालय प्रमुख कुशेश्वर साहले सवारी चालक अनुमती पत्रको लाईसेन्समा हस्ताक्षर नगरेको उनको दाबी रहेको छ । मधेश प्रदेशका श्रम तथा यतायातमन्त्री कौशलसिंह रायको आर्शिवादले पाएको बीरगंज यातायात ब्यवस्था कार्यालय प्रमुख कुशेश्वर साहले सवारी चालक अनुमती पत्र लाइसेन्समा ब्यापक भ्रष्टचार गरेको उनका कर्मचारीहरुले आरोप लगाएका छन् । गत महिनामा लिखित परिक्षामा पास भई मोटरसाईकल ,तथा स्कुटरमा फेल भएका ब्यतिmहरु अन्तिम नतिजा पास भएका छन् । टा्रयल सेन्टरमा खटेका टा्रफिक प्रहरी तथा यातायातका कर्मचारीले फेल भएको जनाएपनि उतm सेवाग्रहीले २५ हजार रुपैयाको दरले कार्यालय प्रमुख कुशेश्वर साहको बिश्वासपात्र रहेका एक बिचौलियाई दिएर अन्तिम नतिजामा सवारी चालक अनुमती पत्र लाईसेन्समा पास भएको हो । त्यो रेकर्ड हामी सँग सुरक्षित नै रहेको छ । घुसको रकम लिनमा चर्तुर रहेका कार्यालय प्रमुख कुशेश्वर साह मात्र रहेका छैनन् उनका सहकर्मी टा्रयल प्रमुख रामसुन्दर महतो र लिखीत प्रमुख बद्री दाहालको पनि संकलग्नता रहेको छ । मोटरसाईकल , स्कुटर, जीप , भ्यान हेभी गाडीको अनुमती पत्र लाईसेन्स फेल भएका ब्यतिm सँग नेपाली रुपैया २५ हजार देखी ४० हजार सम्म घुस लिने गरेका छन् ा त्यसबाट आएको रकम बीरगंज यातायात ब्यवस्था कार्यालयका प्रमुख कुलेश्वर साह, टा्रयल प्रमुख रामसुन्दर महतो , लिखित बदी्र दाहाल तथा टा्रफिक प्रहरी बीरगंजका प्रमुख लगायत माथीका हाकीमहरुलाई भागभण्डा हुने गरेको छ । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलसिंह रायको नाम बेच्दै सवारी चालकको अनुमती पत्र लाइसेन्समा बीरगंजका यातायात कार्यालयका प्रमुख कुलेश्वर साह लगायत कर्मचारीले घुसको रकम पाउनका नाँगो नाँच नाचिरहेका छन् । बीरगंज यातायात ब्यवस्था कार्यालयको हाकीम भएर आगमन भएका कुशेश्वर साहले बिचौलिया मार्फत लाइसेन्समा अनिमियता गरीरहेका छन् । यस सम्बन्धमा यस यस दैनिकका सम्वदाताले ९८५५०१०६५१ नम्बरमा फोन गरी बुझन खोज्दा टा्रयलमा फेल भएक ब्यतिm कसरी पास भयो हाकीम साहेब भनेर प्रश्न गर्दा जवाफ चर्काै स्वरमा कुरा गर्दै यो हुन सक्दैन् ा हामी सँग प्रमाण रहेको बताएपछि कार्यालय प्रमुख कुशेश्वर साहले केही नबोली तपाईको बारेमा पता लगाएर फोन गर्छृ भन्दै फोन काटी दिनुभयो । बीरगंज यातायात ब्यवस्था कार्यालयमा खुलेआम घुस लिएर फेल भएका ब्यतिmहरुलाई अन्तिम नतिजामा पास गराउने खेल भईरहेको हुदां सम्बन्धित निकायले ध्यान दिनुपर्नै रहेको छ । बीरगंज यातायात ब्यवस्था कार्यालयको घुसखोरी बारेमा अगामी अंकमा पुर्ण प्रकाशित गर्न छौं ा