पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । बीरगंज महानगरपालिका आर्दशनगर स्थित रहेको चारतारे लर्डस दियालोमा रहेको स्विमिड् पुलमा बुधवार सांझ पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको उपस्थित भएका एक प्रत्यक्षदशीले भने, करिब सात ९ बालक स्विमिड् खेल्नका लागी तिन वा पाँच फिट रहेको पानीमा हाम फालेका थिए ा स्विमिड् गर्न गएका बालक अचेत अवस्थामा फेला पारेपछि स्विमिड् पुल तथा होटलका कर्मचारीहरुले थप उपचारको लागी नारायणी उप क्षेत्रीय अस्पलतामा भर्ना गरी फरार भएका हुन् । भर्ना भएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको हो । मृत बालकको मुखबाट पानीको फिज निस्कीएको हुनाले उनी पौडी खेल्ने क्रममा ज्यान गएको चिकित्सकले भने, उपचारको लागी गएका ब्यतिmहरु बेवारिशे अवस्थामा बालकलाई छाडेर फरार हुनुमा केही रहस्य रहेको अनुमान गरिएको छ । चारतारे होटलमा स्विमिड् पुलमा अनुभवी पौडी खेल्ने गार्ड खटिएका हुन्छन् ा स्विमिड् फुलमा नुहाउन जानु भन्दा अगाडी गार्डले पहिलो पटक स्विमिड् गरेका ब्यतिmहरुलाई केही नियमहरु बताउनु पर्ने काम हो साथै बालबालिका स्विमिड् गरीरहेका छन भने गार्डले बिशेष ध्यान दिनुपर्ने हो । तिन फिटको पानीमा सात वर्षीय बालकको मृत्यु भएपछि लर्डस दियालोको माथी संचालित रहेको स्विमिड् पुलको टिका टिप्पणी हुन थालेको छ । सम्पुर्ण सुरक्षाको ब्यवस्था भएको भन्दै स्विमिड् गर्नका लागी सय प्रतिशत बिश्वास दिलाउने लर्डस दियालोको कर्मचारीहरुको दाबी झुठो प्रमाणित भएको छ । घटनाबारे लर्डस दियालोको कर्मचारीलाई फोन गरी बझन खोज्दा सम्र्पकमा आउन चाहेनन् । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र सँग बुझन खोज्दा घटनाबारे अनुसन्धान भईरहेको हुनाले अहिले नै केही भन नमिल्ने प्रतिक्रिया दिनुभयो । मृत्क बालक बीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने प्रमोद रौनियारका ९ वर्षीय छा्ेरा बजंरग रहेका छन् । मृत्क बालकको शव नारायाणी अस्पतालमा राखिएको छ । लर्डस दियालोले परिचिलित रहेको उतm होटललाई अहिल सोल्टी होटलको नामले खरीद गरीएको बुझनमा आएको छ ।