बारा प्रहरीले बिलबिजक भन्दा बढीको सामान लोड गरेको डिब्बा ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामांड्ले भन्नु भयो , भन्सार छली गरी अबैध तरिकाले बीरगंजबाट कांठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय अमलेखगंज सई धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोेलीले उतm ट्रकलाई नियन्त्रणमा लिई खानतलाशी गर्दा बिल बिजक भन्दा बढीको कस्मेटिक , कोकोनेट, आल्मोन, बदाम, कपडा, सर्जिकल, ईलेक्ट्रिक , मोबाईलको पाटपुर्जा तथा औषधी लगायतका सामानहरु बरामद भएपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले बताउनु भयो । डिब्बे ट्रकबाट प्रहरीले करिब १ करोड , २५ लाख, २४ हजार १० रुपैयाको तस्करीको सामान बरामद गरेको हो । बिलबिजकमा पनि शंकास्पद देखिएको बारा प्रहरीको भनाई रहेको छ ा यसैगरी बारा प्रहरीले एउटा कन्टेनर मालवाहक ट्रक सहित थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।