भन्सार छली गरी ल्याएको काजु , भारतीय कपडा, कुर्ता सुरुवाल, लेडिज टप्स लगायत सामान बोकेको मालवाहक ट्रक सहित पर्सा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले बताए । बिशेष सुचनाको आधारमा तस्करी गरी ल्याएको सामान लोड गरी बीरगंजबाट कांठमान्डौ तर्फ जाँदै गरेको प्रदेश न २, ०३, ००१ ख ५६०९ मालवाहक ट्रकलाई बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित नियन्त्रणमा लिई चेकजाँतच गर्दा बिलबिजक भन्दा बढीको सामाग्रीहरु लोड गरेको बरामद भएपछि उतm ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो । ईटा बोकेको ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा उतm भन्सार छली गरी ल्याएको सामाग्रीहरु फेला परेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ४ बसने २८ वर्षीय निकेश राउत कुर्मी, सोही स्थान बस्ने २४ वर्षीय सागर परियार र ३८ वर्षीय बिष्णु पाठक रहेका छन् । प्रहरीले ट्रक तथा सामानको मुल्याड्कन ४१ लख , ७८ हजार ८०० रुपैया गरी बीरगंज भन्सार पठाइएको हो ।