वीरगंज, असार ३०ा
बीरगंज यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र लाइसेन्स परिक्षामा अनुतिर्ण भएका परिक्षार्थीहरुलाई उतिर्र्ण गराउनका लागी बिचौलियाहरुले रकम लिएका छन् । गत बिहीवार आषाढ २६ गते सम्पन्न भएको मोटरसाईकल, स्कुटर, ई रिक्शा, हेभी गाडीको ट्रायल परिक्षामा अनुतिर्ण भएका परिक्षार्थीहरु सँग बीरगंज यातायात ब्यवस्था कार्यालयका प्रमुख कुशेश्वर साहका बिश्वास पात्र रहेका बिचौलियाहरुले ट्रायलमा उतीर्ण गराउनका लागी रकम लिइएका छन् । बीरगंज यतायातमा सवारी चालक अनुमती पत्र लाइसेन्समा फेल भएका ब्यतिmहरुलाई पास गराउनका लागी खुलेआम ठुलो रकमको चलखेल भइइरहेको छ । आषाढ ६ गते सम्पन्न भएको लिखित परिक्षामा अनुर्तिण भएका परिक्षार्थीहरु सँग रकम लिइएका बिचौलया मार्फत बीरगंज यातायातका ब्यवस्था कार्यालयका प्रमुख कुशेश्वर साहले उतीर्ण गराउनका लागी एक हप्ता वा दुई हप्तामा अन्तिम नतिजा प्रकाशित गर्नेछन् । अन्तिम नतिजा प्रकाशित गर्नका लागी एक हप्ता वा दुई हप्ता समय लिनु कारण सवारी चालक अनुमती पत्र लाइसेन्समा फेल भएका ब्यतिmहरुलाई पास गराउनका लागी उतm समय लिइएको बीरगंज यातायात ब्यवस्था कार्यालय एक अधिकृतले नाम नछाप्ने शर्तमा भने, अख्तियार अनुसन्धान आयोग तथा अन्य सरकारी निकायबाट बच्नका लागि कार्यालय प्रमुख कुलेश्वर साहले योजना बनाएको ती कर्मचारीको दाबी रहेको छ । रेकर्डबाट डिलेट भएपछि मात्र उपयुतm समयमा अन्तिम नतिजा प्रकाशित गर्ने गरेको ती अधिकृतले भन्नु भयो । मधेश प्रदेशका श्रम तथा यतायातमन्त्री कौशल सिंह रायको आर्शिवादले पाएको बीरगंज यातायात ब्यवस्था कार्यालय प्रमुख कुशेश्वर साहले सवारी चालक अनुमती पत्र लाइसेन्सको रकममा चलखेत गरेको उनका कर्मचारीहरुले आरोप लगाएका छन् ।
सवारी चालक अनुमतीपत्रको लाइसेन्सबाट आएका रकमको भागभण्डामा ट्रायल प्रमुख रामसुन्दर महतो, लिखीत प्रमुख बद्री दाहाल तथा ट्रफिक प्रहरीको कार्यालय पर्साका प्रमुखको पनि मिलोमतोमा रहेको छ ।
आषाढ २६ गते सम्पन्न भएको ट्रायल परिक्षामा कति जना पास वा फेला भएको अनुसन्धानको दायरामा राखेका छौं । यस बारेमा बुझनका लागी बीरगंज यातायात ब्यवस्था कार्यालयका प्रमुख कुशेश्वर साह स“ग सर्म्पक गर्दा वहाँको मोवाईल नम्बर ९८५५०१०६५१ फोन गर्दा सम्पर्क हुन सकेन् ।