साउनको पहिलो सोमवार शिवालय मन्दिरहरुमा भतmजनहरुको घुईचो लागेको छ । श्रदालुहरु बिहान देखी शिवालय मन्दिरको परिसरमा हातमा बेलपत्र , गाईको दुध , भाँग धतुरो लगायत पुजासामाग्रीहरु लिएर दर्शन गर्नका लागी शिव मन्दिरमा लाईन लागेका हुन् । बीरगंज अलखिया मठ मन्दिर , पिपरा स्थित रहेको पशुपति नाथ मन्दिर , गहवामाई लगायत मन्दिरमा बिहान देखी भतmजनाहरुको ठुलो भिडभाड रहेको छ । बीरगंजको पिपरा स्थित रहेको पशुपतिनाथ मन्दिरमा बारा , पर्सा तथा छिमेकी राष्ट्र भारतको रक्सौलबाट ठुलो संख्यामा श्रदालुहरु दर्शन गर्नका लागी आएको एक दर्शननार्थीले भने, ऐतिहासिक तथा धार्मिक पशुपतिानथ मन्दिरको दर्शन गर्न मौका पाएकोमा आफु हर्षित भएको भारतको रक्सौलबाट आएका भतmजनहरुको भनाई रहेको छ । बीरगंजमा पनि पशुपतिनाथ मन्दिर रहेको हामीले सुनेका थियौ आज दर्शन गर्नका लागी आएका हौं, दर्शन पनि भयो यस क्षेत्रमा धार्मिक तथा पर्यटनको सम्भावना बढी रहेको ती दर्शननार्थीहरुले भने, शिवालय मन्दिरको चर्चा गर्दे उतm पशुपतिनाथ मन्दिरको स्थापना भएको धैरे वर्ष भईसकेको अहिले यस क्षेत्रलाई ब्यवस्थित गरीएको बताउनु भयो । बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले पिपरा स्थित रहेको पशुपतिनाथ मन्दिरको संरक्षण तथा ब्यवस्थित वहाँले आफै गर्नु भएको हो । बीरगंजको पिपरा स्थित रहेको पशुपति नाथ मन्दिरमा दर्शन गर्नका आएका साना वालवालिकाहरुलाई मनोरञ्जन गर्नका लागी पिंड् तथा मेला हेर्न आएका दर्शननार्थीहरु मिठा प्रकारका जेल्वी तथा मिठाईहरु बिक्री भईरहेको छ । साउनको पहिलो दिन पशुपतिनाथ मन्दिरमा हजारौ भन्दा बढीको भतmजनहरुको आगमान भएको छ । पर्सा प्रहरी र सशस्त्र प्रहरीले दर्शननार्थीहरुलाई कुनै प्रकारको समस्या नहोस भन्दै ब्यापक प्रहरी परिचालन गरेको छ । यसैगरी पर्साको राष्ट्रिय निकुञ्ज अन्र्गतपर्ने पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ स्थित रहेको ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर रामभौरी भाथा धाममा हजारौ भन्दा बढीको श्रदालुहरु दर्शन गर्न पुगेका हुन् । नेपाल र भारतबाट भाथा धाम दर्शन गर्नका आएका भतmजनहरुको आउने क्रममा जारी रहेको छ । साउन महिनामा लाखौ भन्दा बढीको श्रदालुहरुले आउने बिश्वास राख्दै झतजनहरुको भाकल पुरा गर्न तथा भाथाको दुग्धेश्वरनाथ महादेव मन्दिर पुग्ने परम्परा रहेको छ ।