लामखुटे धपाउने बालिएको धुपबाट आगो लाग्दा तीन घर पुर्ण रुपले जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलमा गएराति करिब १० बजेर ४५ मिनेटमा शेषनाथ बिनले लामखुटे धपाउनका लागी बालिएको धुपबाट आगलागी हुदां जितेन्द्र मुखिया बिन र सनोज मुखिया बिनको घर पुर्णरुपले जलेर नष्ट भएको हो । आगलागीबाट अन्नपात लताकपडा । भडाँकुडा खाद्दान्न सामाग्री तथा जिन्सी जलेर नष्ट भएको प्रहरीले बताए । नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा स्थानियहरुको सहयोगमा करिब दुई घण्टा पछि आगलागी नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन् । मानवीय क्षती नभएको बताउनु भयो । फुसको घर भएको हुनाले भिषण आगलागी भएको प्रहरीको भनाई रहेको छ ।