बैड्किड कसुर मुद्धामा फरार रहेका एक अभियुतmलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीले दिएको जानकारी अनुसार काठमांडौ जिल्ला अदालत बबरमहलले एक करोड ३२ लाख रुपैया बैड्किड कसुर मुद्धामा दोषी ठहर गर्दै कैद तथा जरीवाना गरेको थियो । अदालतको फैसला आएपछि बाराको निजगढ नगरपालिका वडा नम्बर १ सिंगौल बस्ने ४३ वर्षिय भरत चौलागाई फरार भएका थिए ा १ करोड ३२ लाखको मुद्धामा फरार रहेका चौलागाई निजगढ आफनैमा घरमा लुकीछिपी बस्दै आएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेलाई सुचना पाएपछि फरार चौलागाईलाई उनकै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका चौलागाईलाई थप कारवाहीको लागी काठमांडौ जिल्ला अदालत बबरमहलमा पेश गरिने बताउनु भयो ।