४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई महानगरपालिकाले स्मार्ट फोन बितरण गरेको छ । बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहले एक कार्यक्रमको आयोजना गरी नगरक्षेत्र भित्र रहेको वडा नम्बर १ देखी १६ वाड सम्म खटिएका स्वास्थ्य स्वयंसेविका महिलाहरुलार्इृ एक थान मोबाईल बितरण गरिएको स्वाथ्य शाखाका प्रमुख राजु साहले बताउनु भयो । महानगरमा ३२ वडामा १९८ स्वास्थ्य स्वयंसेविका महिला रहेको छन् । पहिलो चरणमा १ देखी १६ वार्डमा रहेका ४२ जना स्वाथ्य स्वयंसेविका महिलाहरुलाई एक थान मोवाईल बितरण गरेको छ भने बाँकी रहेको १७ देखी ३२ नम्बर वार्डमा खटिएका स्वाथ्य स्वयंसेविका महिलाहरुलाई एक हप्ता पछि बितरण गर्ने बताउनु भयो ।