बीरगंजमा पानीको चरम संकट अभाव भएपछि संघीय सरकारका दुईमन्त्री अनुगमन तथा स्थलगत निरीक्षण गरेका छन् । बिगत केही वर्ष देखी बीरगंजमा अबिरल वर्षा नहुदां चापाकल सुकेर खानेपानीको हाहाकार भएपछि संघीय सरकार दुई मन्त्री संयुतm रुपमा प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका हुन् । कानुन न्याय तथा संसंदीय मामिला मन्त्री अजय चौरसिया तथा खानेपानी मन्त्री यादवले बीरगंज महानगरपालिका वडा नम्बर ६, ९ र १० मा पुगेर स्थलगत निरीक्षण गर्नु भएको हो । मन्त्रीद्धयले पानीको चरम संकट अभावको कारण खानेपानीबाट बीरगंजवासीहरु बञ्चित नहोस भन्दै महानगरपालिका बिभिन्न वडामा पुगेर स्थानिय वासिन्दाको समस्या बुझदै समाधानका लागी छलफलमा जुटेका हुन् । प्राकृतिक आपत घडीमा बीरगंजवासीहरुको साथमा हामी उभिएको मन्त्रीद्धयले दाबी गर्नु भयो । खानेपानी मन्त्री यादवले जलवायु परिर्वतनका कारण मधेश प्रदेशका बारा , पर्सा रौतहट लगायतका जिल्लाहरुमा चापाकलको मुहान सुकेर गएको बताउनु भयो । उनले भने, “खानेपानी मन्त्रालयले वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी तत्काल राहतका लागि काम गरिरहेको छ ।” उनले स्थानीयको पीडा सुनेर समाधानका उपाय पहिल्याउन आफूहरू घरघरमै पुगेको बताए ।
स्थलगत निरीक्षण तथा अनुगमनमा प्रदेश सभाका सदस्य श्याम पटेल , वडा नम्बरका वडा अध्यक्ष शुशील साह कानु लगायत नेता तथा जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।