राष्ट्रिय पत्रिका नागरिक दैनिकमा कार्यरत रहेका श्रमजिवी पत्रकारहरुले नागरिक दैनिकको मुलगेट अगाडी धर्ना दिने योजना बनाएका छन् । आईपीओमा गएर जनताबाट ४३ करोड उठाएको नागरिक दैनिकको ब्यवस्थापनपक्षले ८ महिना देखी तलब नदिएको , श्रमजिबी पत्रकारहरुको ७५ प्रतिशत तलब काटेको , ऐनले तोकेको सेवासुबिधा नदिएको नागरिक दैनिकका कार्यरत रहेका श्रमजिबीव पत्रकारहरुको समुहले वकिल सहित गएको टोलीले छलफल गरेको हो । हामा्रे माँग पुरा नभएपछि छिटै दबावमुलक कार्यक्रम सहित नागरिक दैनिकको मुलगेटमा धर्ना बिरोध कार्यक्रमको योजना बनाएको उतm कार्यक्रममा सहभागी भएका श्रमजिबी पत्रकारले भने ।