अबैध लागु औषध सहित बारा प्रहरीले तीन भारतय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतीहारी बिजबनी पञ्चायत थाना जितना वडा नम्बर २ रेगनीया टोल बस्ने १९ वर्षीय कन्हैया कुमा यादव , सोही स्थान बस्ने २० वर्षीय वकिल कुमार यादव तथा २६ वर्षीय बलिराम कुमार यादव रहेका छन् । उनीहरुको साथबाट लागु औषध एम्पुल ४५०० पिस बरामद भएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट खटिएको प्रहरी टोलीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ४ हर्नैया चौकबाट दुईवटा आपको क्यारेट बेवारिसे अवस्थामा फेला पारेको थियो । आँपको क्यारेटबाट लागु औषध बरामद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आँपको क्यारेटमा लागु औषध लुकाई छिपाई राखेका तीन भारतीय नागरिकलाई बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक सन्तोष तामाँड्ले भन्नु भयो । ईलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएका प्रहरी टोलीले बारा पचरौता नगरपालिका वडा नम्बर २ चपुरी चौकबाट लागु औषध ओसार पोसारमा संलग्र रहेका भारतीय नागरिकलाई पक्राउ गरेको हो ।