शैक्षिक सत्र २०८२, २०८३ सालका लागी बीरगंज महानगरपालिकाले छात्रबृतिको आवेदन फाराम भर्न बिधार्थीहरुलाई आवहान गरेको छ । महानगरपालिकाले एक सुचना जारी गर्दै कक्षा ९ र ११ मा छात्रबृतिमा अध्ययन गर्न ईच्छुक बिधार्थीहरुले साउन १ गते देखी १५ गते राति १२ बजेसम्म महानगरपालिकाको आधिकारिक वेवसाइट मार्फत अनलाईन आवेदन फाराम भर्न सकिने ब्यवस्था मिलाइएको छ । २०८१ को बीइई कक्षा ८ वा एसइई परीक्षामा न्युतम १ , ६ जिपिए प्राप्त गरेका बिधार्थीहरुले मात्र छात्रबृति फाराम भर्न पाईने तथा आवेदन प्रक्रिया नि शुल्क रहेको महानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरेको छ । सामुदायिक बिधालयबाट उतीर्ण भएका छात्र तथा छात्राले बिधालयको सिफारिस पत्र पेस गर्नुपर्नेछ । छात्रबृति फाराम भर्नका लागी बीरगंज महानगरपालिकाको स्थायि वासिन्दा भएको प्रमाणका लागी जन्म दर्ता तथा नागरिता वा बसाइसराइको प्रमाणपत्र र आरक्षण समुहमा आवेदन दिनेले सम्बन्धित प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।