एसइईको परीक्षामा पर्सा जिल्लाबाट ४ जिपिए ल्याएका आठ जना बिधार्थीहरुलाई एक कार्यक्रमको बीच सम्मानित तथा पुरुस्कृत गरिएको छ । जिल्ला शिक्षा समितीको आयोजना तथा जिल्ला प्रशासन कार्यालय पर्साको सह आयोजनामा शैक्षिक गुणस्तर अभिबृद्धि सम्बन्धी बिमर्श कार्यक्रममा ८ जना बिधार्थीहरुलाई सम्मान गर्दे प्रत्येक बिधार्थीलाई नेपाली रुपैया दश हजार नगद पुरस्कार एवम् कदर पत्र प्रदान गरी सम्मानित गरिएको छ ।
सम्मानित हुने विद्यार्थीहरूमा सामुदायिक विद्यालय त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयका सचिन मेहता, संस्थागत विद्यालय कादम्बरी एकेडेमीकी सिद्धी शर्मा, साक्षी यादव, यश जयसवाल र सौरभ पाण्डे, त्यस्तै गौतम माध्यमिक विद्यालयकी जोया हवारी, दीपीशा रौनियार र आरभ चौरसिया रहेका छन् । उनीहरूलाई जिल्ला समन्वय समितिका अध्यक्ष अजय सर्राफ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास समन्वय इकाईका प्रमुख हरि राउतले जनही १० हजार रुपैयाँ नगद प्रदान गरी सम्मानित गरिएको हो । यसैगरी जिल्ला समन्वय समितीका अध्यक्ष अजय सरार्फले बिधार्थीका अभिभावकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू त्रिजुद्ध मावि, कादम्बरी एकेडेमी, गौतम मावि, सिद्धार्थ मावि र जिएचपी माविलाई पनि कदर पत्रसहित सम्मानित गरिएको छ ।