नेपाल र भारत नाका सँग जोडिएको बारा जिल्लाको मटिअर्वा , मुसहरवा, कबही दरवार , सिमा्रैनगढ लगायत नाकाबाट रातीको बखतमा ब्यापक तस्करी भईरहेको एक स्थानियले भने, रातीको १२ बजे बजे देखी ३ बजे सम्म मटिअर्वा , मुसहरवा नाकाबाट भारतीय कपडा , काजु, भैसी , खाद्दान्न चामल , माछा , गहु, धान मोटरपार्टसको ब्यापक तस्करी भईरहेको स्थानियहरुको भनाई रहेको छ । घरेलु प्रयोजनका लागी भारतबाट चामल , पेय पदार्थ , दाल नेपाल भित्राउदा सिमानाकामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले हामीलाई दुख दिने गरेको स्थानियको आरोप रहेको छ । रातीको बखतमा दुईवटा टयाक्ट्रमा खाद्दान्नको तस्करी , मोटरसाईकलमा भारतीय कपडाको तस्करी हुदाँ केही नबोल्ने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको मिलोमतोमा बारा जिल्लाबाट खुले आम तस्करी संचालनमा आएको छ ा अहिले खेती भईरहेको बखतमा भारतबाट तस्करी गरेर ल्याएका राँगा र भैसीले हाम्रो खेतको बाली नै नष्ट गरेको एक कृषकको गुनासो पोखे, मटिअर्वाका प्रहरी तथा सशस्त्र प्रहरीलाई तस्करी गरेर ल्याएका राँगा भैसीले हाम्रो खेतमा लगाएको बाली नै नष्ट गरिदिएको भन्दा पनि तस्करी नरुकेको ती कृषकको भनाई रहेको छ । अहिले बारा जिल्लाबाट ब्यापक तस्करी मौलाएको हो ा तस्कर समुहहरुले भरिया प्रयोग गरी भारतीय कपडा सहज तरिकाले बारा जिल्लाको नाका प्रयोग गरी प्रसौनी गण्डक स्थित रहेको एक घरमा कपडा भण्डारण गरीरहेका छन् । रातीको बखतमा तस्कर गिरोहले मिनी पिकअप वा मालवाहक ट्रकमा लोड गरी हेटौडा, मकवानपुर, चितवन, पोखरा लगायत जिल्लाहरुमा पठाउने गरेका छन् । बाराका जितपुर तस्करहरुले भरिया महिला प्रयोग गरी मुसहरवा, तथा सिम्रोनगढबाट सुटिंग सर्ट , कुर्ता सुरुवाल, बनारसी साडी नेपाल भित्राउने गरेका छ भने टेम्पोमा लुकाई छिपाई जितपुर बजारको एक पाँण्डे थर भएका ब्यतिmलाई सहज तरिकाले दैनिक लाखौ रुपैया भन्दा बढीको तस्करी गरेर पुयाइरहेका छन् । मुसहरर्वा र मटिअर्वाबाट पुर्व गाउँपालिकाका प्रमुखको सहयोगमा खाद्दान्नको ब्यापक तस्करी सञ्चालनमा आएको हो । दैनिक दुईवटा टयांक्टर नेपालबाट भारत , भारतबाट नेपाल आउने गरेको एक तस्करले नाम नछाप्ने शर्तमा भने, अहिले तस्करीको संरचना हेर्दा बारा जिल्लाबाट कहिले पनि यत्रो मात्रामा तस्करीको लाईन सञ्चालनमा नआएको ती तस्करको दाबी रहेको छ । देश आर्थिक संकटको चपेटामा परेको छ । राजस्व बृद्धि नभएपछि देशमा आर्थिक संकट आएको हो । सिमानाका रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करी नियन्त्रण नगरेपछि राजस्वमा बृद्धि हुन सकेको छैन् ।