अबैध लागु औषध गाँजा सहित बारा प्रहरीले पुरुषलाई पक्राउ गरेको छ । नारायणगघाट बाट मलंगवा तर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको बसमा सवार भएका यात्रुहरुलाई चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाइ राखेको अवस्थामा अबैध गाँजा ७ किलो ४७० ग्राम सहित सर्लाही बिष्णु गाउँपालिका वडा नम्बर मधुवनगोठ बस्ने ५४ वर्षीय बिरेन्द्र चौधरीलाई पक्राउ गरिएको हो । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रनानि बब्बि बम्जनको कमाण्डमा खटिएको प्रहरीले उतm लागु औषध गाँजा सहित चौधरीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।