बीरगंजमा चोरहरुको बिगबिगी भएको छ । चोरहरुको गिरोह समुहहरुले घरमा कोही नभएको बखतमा चोरी गरेका छन् । बीरगंज महानगरपािलका वडा नम्बर १५ भिष्वा स्थित रहेको एक घरमा चोरको समुहले करिब दश लाख बराबरको गरगहनाहरु चोरी गरेका छन् । बिहीवार राती करिब ८ बजेर ५६ मिनेट घरमा पसेर चोरले गरगहना लगेको स्थानिय एक वासिन्दाले बताएका छन् । घरबाट गहगहना चोरी भएको पर्सा प्रहरीलाई जानकारी आएपछि प्रहरीले चोरहरुको खोजतलाश तिब्र बनाएको बताउंदै घटनाबारे अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।