बिभिन्न मुद्धामा पक्राउ परेका कैदीबन्दीहरु सँग रकम लिएको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले जानकारी दिनुभयो । लागु औषध मुद्धामा पक्राउ परेका दशजना कैदीहरु सँग १० लाख १५ हजार ३ सय ७० रुपैया अनलाईन इ सेवा मार्फत रकम लिइएको आरोपमा बाल सुधार गृहका चौकीदार सिराहा लाहान नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय प्रमानन्द गुप्तालाई पक्राउ गरिएको हो । पक्राउ परेका गुप्ता बाल सुधार गृहमा कैदी जीवन बिताईरहेका कैदी हुन् । बाल सुधार गृहमा गुप्ता चौकीदार पदमा हुदां दश जना कैदीबन्दीहरु सँग डर त्रास दिएर रकम लिइएको आरोप लागेको छ । २०८२, ३ , ३२ गते गुप्ता बाल सुधार गृहबाट कैद भुक्तmान गरी छुट्ने क्रममा पर्सा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक लम्सालले भने, गुप्ताले बाल सुधार गृहबाट दश लाख १५ हजार ४ सय ७० रुपैया लिएको प्रहरीलाई जानकारी प्राप्त भएपछि उनको ई सेवा अनुसन्धान गर्दे जाँदा उतm रकम लिइएको भेटिएपछि पक्राउ गरेको प्रहरी नायब उपरिक्षक लम्सालले बताउनु भयो । पक्राउ परेका गुप्ताले बाल सुधार गृहमा रकम दिने कैदीलाई कुटपीट गर्ने गरेको आरोप लागेको हो । पक्राउ परेका गुप्तालाई ठगी आपराधिक बिश्वासघात एक्सर्टसन सम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक किशोर लम्सालले भन्नु भयो ।