नेपाल स्थित रहेको पाकिस्तानी दुतावास बन्द गर्नका लागी राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले माँग गरेका छन् । राष्ट्रिय एकता अभियान पर्साद्धारा बीरगंजको होटल मकालुमा आयोजित जेहादी आतंकवाद र मधेश नेपालको सुरक्षा चुनौती बिषयक बहस कार्यक्रममा बोल्दै संयोजक यादवले नेपालमा पाकिस्तानी दुतावासले आँतकवादको कारखान चलाईरहेको आरोप लगाउंदै प्रहरी प्रशासन सर्तक रहनु पर्ने कुरामा जोड दिनु भयो । पाकिस्तन एउटा मात्र देश हो, जसले आंतकवादी जन्माउने तथा संरक्षण दिने देश रहेको सर्वत्र अन्तराष्ट्रिय देशका प्रमुखहरुलाई अवगत भएको बिषय हो । नेपालको काठमांडौ स्थित रहेको पाकिस्तानी दुतवासका कर्मचारीहरुको मिलोमतोमा नेपालमा पनि आंतकवाद फैलाईरहेको राष्ट्रिय एकता अभियानका संयोजक बिनय यादवले भन्नु भयो । नेपाल र भारत खुला सिमानाको दुरुपयोग गर्दे पाकिस्तान समर्थित आंतकवादी समुहहरुले नेपाललाई आन्तरिक सुरक्षा चुनौती बनाउंदै लगेकोमा गम्भिर चिन्ता ब्यक्तm गरेका छन् । अहिलेका नेपाली युवाहरुलाई पाकिस्तानी दुतावासले रकमको प्रलोभन दिई आंतकवादको कारखाना चलाएको भन्नु भयो, पाकिस्तानी आंतककारी गतिविधी बिरुद्ध नेपाल सरकार सतर्क रह्नु पर्नै बताउँदै कुख्यात आंतकारी अब्दुल करिम टुण्डा, सैफुल्लाह, यासिन भटकल लगायतका आतङ्ककारीले नेपाललाई लुक्ने, योजना बनाउने र पासपोर्ट परिवर्तन गर्ने सुरक्षाविहीन स्थल बनाएको घटनाहरू स्मरण गराए ा बिगतमा नेपाल सरकारले टी मध्ये केहि लाई फिर्ता पनि गरेको तथ्य छ, त्यसकारण मधेश ( नेपालको सुरक्षाका लागी यस्ता आतंकबादी कारखाना चलाउने पाकिस्तानको दुतावास नेपालबाट हटाउन मांग समेत गरेका हुन् । राष्टिैय एकता अभियानका केंद्रीय उपाध्यक्ष एबं संबिधान सभा सदस्य भूपेंद्र चौधरी सन् १९८० को दशकदेखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआई ले भारतको कश्मीरमा आतंक फैलाउन नेपालभित्र घुसपैठ र आर्थिक, धार्मिक नेटवर्कको निर्माण गरेको प्रमाणसहित चर्चा गरे। नेपाल भारत खुला सीमाको दुरुपयोग गर्दै पाकिस्तानी आतंकी सञ्जालले नेपालको धर्मिक सहिष्णुता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय छवि माथि प्रश्न खडा गरिरहेको उनीहरूको ठहर थियो। संयोजक यादवले नेपाल पनि आंतककारीहरुको थलो नहोस भन्दै पाकिस्तानी दुतावास नेपालमा बन्द गर्नु पर्ने माँग जानकारी दिनु भयो । आँतकवादीहरुको बिरोधमा सम्पुर्ण नेपालीहरु एकजुट हुनुपर्ने कुरामा संयोजक यादवले जोड दिएका छन् । कार्यक्रम राष्ट्रीय एकता अभियानका पर्सा संयोजक बिकाऊ भंडारी थारूको अध्यक्षतामा भएको थियो भने , समाजसेबी डॉ अजय यादव,प्रदेश सभाका प्रत्याशी शिव कुमार साह, नेपाली कांग्रेसका लोकप्रिय युवा नेता राकेश यादव , लगायत पत्रकार, सुरक्षा विश्लेषक, अनुसन्धानकर्ता, पूर्व अधिकारी, राजनीतिक विश्लेषक तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा नेपाली युवक सुदीप नेउपानेको हत्या पाकिस्तान–प्रेरित आतंकवादको एक नमूना भएको टिप्पणी गरे।