बीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच खानेपानी सेवा विस्तार सम्बन्धी समझदारी पत्र ९ःइग्० मा हस्ताक्षर भएको छ । बिगत केही वर्ष देखी बीरगंज लगायत आसपास क्षेत्र वर्षा नहुदां स्थानिय वासिन्दाहरुलाई खानेपानीको हाहाकार भएको छ । खानेपानीबाट बीरगंजवासीहरु बञ्चित नहोस भन्दै बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंहको बिशेष सकृयातामा नेपाल सरकारका खानेपानी मन्त्रि प्रदिप यादव , प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले उतm समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समक्षदारी पत्र भएपछि मेयर सिंहले नगरक्षेत्र भित्र रहेका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरेको बताउनु भयो ।
समझदारी पत्रको प्राथमिक उद्देश्यहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीका समस्याहरूको दीर्घकालीन समाधान खोज्नु, नगरवासीहरूमा थप घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, नयाँ खानेपानी जडान प्रक्रियालाई अझ सरल, छिटो र पारदर्शी बनाउनु, र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउनु समावेश छन् ।
समझौता अनुसार, आवश्यक नियमानुसार धरौटी रकम वीरगन्ज महानगरपालिकाबाट जम्मा गर्ने पत्र प्राप्त भएपछि नयाँ धारा जडान गर्ने , खानेपानी सेवा सुदृढ गर्नुका साथै पाइपलाइन विस्तार र हालको पाइपलाइनको मर्मत सम्भार गर्ने , उपभोक्ताहरूलाई नयाँ धारा जडान र स्वच्छ खानेपानीको प्रयोगबारे जनचेतना फैलाउने कार्यक्रम गर्ने , खानेपानी वितरण सम्बन्धी कुनै गुनासो आएमा तत्काल समाधानका लागि आवश्यक कारबाही गर्ने , महानगरपालिकाबाट उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तानीका लागि प्रक्रिया मिलाउने जस्ता मुख्य कार्य नेपाल खानेपानी संस्थानले गर्ने छ।
त्यस्तै महानगरपालिकाको खातामा अग्रिम रूपमा केही रकम जम्मा गरी मासिक हिसाब मिलाएर खानेपानी संस्थानलाई धरौटी बिल भुक्तानी गर्ने , सेवा शुल्कको व्यवस्थाः सेवा शुल्कका लागि संस्थानको बिल भुक्तानी गर्ने व्यवस्था मिलाउने , खानेपानी वितरण सम्बन्धी कानुन र नियमबारे खानेपानी संस्थानलाई जानकारी गराउने तथा महानगरपालिकाबाट उपभोक्तालाई आवश्यक सेवा प्रदान गर्दा खानेपानी महसुल भुक्तानीका लागि प्रक्रियामा सहयोग गर्ने जिम्मेवारी वीरगन्ज महानगरपालिकाको रहने समझदारी पत्रमा उल्लेख छ
नेपाल खानेपानी संस्थानले सम्झौताको प्रक्रियामा सहजीकरणको भूमिका निर्वाह गर्नेछ। भने सम्झौताको अवधी श्रावण १, २०८२ देखि २०८४ पौष मसान्तसम्म लागू हुने र आवश्यकता अनुसार पुनः नवीकरण गर्न सकिने समझदारी पत्रमा उल्लेख छ।
समझदारी पत्रमा उल्लेख भएका सेवा सुविधाले आर्थिक रूपमा कमजोर रहेका परिवारलाई पनि खानेपानीको सुविधा उपभोग गर्न सहज हुनेछ। साथै, पाइपलाइन विस्तार, मर्मत सम्भार र खानेपानीको गुणस्तर कायम गर्ने जिम्मेवारी पनि संस्थानकै हुने समझदारी पत्रमा उल्लेख छ । संस्थानले बीरगञ्ज शाखामा आवश्यक जनशक्ति वृद्धि गरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको मेयर सिँहले जानकारी दिनुभयो ।
मेयर सिँहले भन्नुभयो,“ बीरगञ्ज महानगरपालिकाले यस परियोजनाको सफल कार्यान्वयनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने छ । ”
खानेपानी मन्त्रि यादवले भन्नुभयो,“खानेपानीको चरम अभाव दिनप्रतीदिन बढ्दै गएको अवस्था छ । यसले मानिसहरुको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । त्यसैले अरु व्यवस्थापन संगै दीर्घकालिन रुपमा पनि समाधानको प्रयास तथा विकल्प स्वरुप आज महत्वपुर्ण समझदारी पत्रमा हस्ताक्षर गरी कार्य प्रभावकारी रुपमा गरीने विश्वास लिएको छु । ”
परियोजनाको कार्यान्वयनमा आउन सक्ने सम्भावित अवरोधहरूलाई सहजै समाधान गर्ने उद्देश्यले समझदारी पत्रमा कुनै पनि प्रकारको विवाद उत्पन्न भएमा दुवै पक्षबीच आपसी छलफल र वार्तालापबाट समाधान गर्ने प्रावधान पनि राखिएको छ ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले संस्थान बीरगञ्जका बासिन्दाहरूलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको र यस समझदारीले दुई निकायबीचको सहकार्यलाई अझ मजबुत बनाउने बताउनुभयो। समझदारी पत्रमा खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादव, बीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ र नेपाल खानेपानी संस्थान, बीरगञ्ज शाखाका प्रमुख प्रविण साह लगायत विभिन्न उच्च पदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।