एसीको बिषय लिएर दुई समुहबीच झडप हुदाँ एकजनाको घाईते भएका छन् । बलैया उपहानगरपालिका वडा नम्बर ५ एसी सर्भिस सेन्टरका सञ्चालक सन्तोष साह घाईते भएको बारा प्रहरीले जनाएको छ । दुईवर्ष अगाडी एसी सर्भिस सेन्टरका सञ्चाल सन्तोष साहलाई एसी मर्मत गर्नका लागी कलैया उपहानगरपालिका वडा नम्बर ४ बस्ने साहिल साहले दिएका थिए ा दुई वर्ष सम्म स्याम्सुड्ग कम्पनीको एसी मर्मत नगरेपछि किन मर्मत नगरेको सोध्न जाँदा दुई समुहबीच बिवाद भएको थियो । सामान्य बिवाद उग्ररुप लिएपछि शाहिलले बियरको बोतलले एसी सर्भिस सेन्टरका सञ्चालक सन्तोष साहललाई प्रहार गरेपछि घाईते भएका हुन् । घाईतेको कलौय अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी बीरगंजको एसएल न्युरो अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे बारा प्रहरीलाई जानकारी भएपछि बियरको बोतलले प्रहार गरी घाईते बनाएका शाहिल साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक बिजय राज पण्डितले बताउनु भयो ।