साउनको पहिलो सोमवार शिवालय मन्दिरहरुमा भतmजनहरुको धुईचो लागेको छ । बिहान देखी शिव मन्दिरमा श्रदालुहरुले बेलपत्र, भाँग , धतुरो , फलफुल गाई दुध चढाएर पुजा आर्चना गरेका छन् । बीरगंजको शिवालय मन्दिरहरुमा ठुलो सँख्यामा झतmजनहरुको उपस्थिती रहेको थियो । बीरगंजको अलखिया मठ मन्दिर, गहवामाई मन्दिर, नगवामाई मन्दिर, बिर्तामाई मन्दिर , पिपरा स्थित रहेको पशुपतिनाथ मन्दिरमा श्रदालुहरुले पुजाआर्चना गरेका छन् । बीरगंजको पिपरा स्थित रहेको पशुपतिनाथ मन्दिरमा बारा , पर्सा तथा भारतको रक्सौलबाट भतmजनहरु दर्शन तथा पुजाआर्चनाको लागी आएका छन् । सोमवार मात्र हजारौ भन्दा बढीको भतmजनहरुको पशुपति नाथ मन्दिरमा पुजाआर्चना गरेको मन्दिरका कर्मचारीले भन्नु भयो । यसैगरी बारा जिल्लाको बिभिन्न स्थानमा रहेको शिव मन्दिरमा श्रदालुहरुले जल, बेलपत्र , भाँग, फलफुल अर्पण गरेका छन् । यसैगरी पर्साको राष्ट्रिय निकुञ्ज अन्र्गतपर्ने पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ स्थित रहेको श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर रामभौरी भाथा धाममा हजारौ भन्दा बढीको श्रदालुहरु दर्शन गर्न पुगेका हुन् । नेपाल र भारतबाट भाथा धाम दर्शन गर्नका लागी ठुलोको सँख्यामा भतmजनहरु आउने क्रममा जारी रहेको भाथा धाम मन्दिरका पुजारीले भन्नु भयो , यो क्षेत्रमा जोखीमपुर्ण यात्रा गरेर श्रदालुहरु पुजा आर्चनाको लागी भाथाधाम आईरहेको बताउनु भयो । राष्ट्रिय जंगलको बिचमा रहेको भाथाधाम मन्दिरमा स्थानिय प्रशासनले सुरक्षा ब्यवस्थापन गर्न चुनौतीपुर्ण रहेको छ । साउन महिनामा लाखौ भन्दा बढीको श्रदालुहरुले आउने बिश्वास राख्दै झतजनहरुको भाकल पुरा गर्न तथा भाथाको दुग्धेश्वरनाथ महादेव मन्दिर पुग्ने परम्परा रहेको छ ा