बीरगंज महानगरपालिका वडा नम्बर १९ बिन्दावासिनी स्थित रहेको तिलावे नदीको किनारमा महानगरपालिकाले गत केही दिन अगाडी गाडेको ८० वटा पोलमध्ये ३४ वटा पोल अज्ञात समुहले तोडफोड गरी ढालेका छन् । महानगरपालिकाले आषाढ महिनामा अन्दाजी ७ बिघा क्षेत्रफलमा रहेको सार्वजनिक जग्गा केही ब्यतिmहरुले अतिक्रमण गरेर बसेका हुन् । महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा अतिक्रमण गरेको अवगत भएपछि ७ बिघा क्षेत्रफलमा बृक्षारोपणको तयारीस्वरुप ८० वटा पोल घेराबार गरिएको थियो । बीरगंजको बिकाश बिरोधी रहेका केही ब्यतिmहरुले उतm संरचना भत्काएको बुझनमा आएको छ । बिगत केही वर्ष देखी सावैजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजन गर्दे आएका ब्यतिmको समुहहरुले तोडफोड गरेको हुने सक्ने बिन्दावासिनीका स्थानियहरुले भने, बाहुबली बन खोजेका ती ब्यतिmले कानुनी कारवाही हुनु पर्ने बताएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पुर्याइएको देखिन्छ,” वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, “यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रकृया सहित उजुरी दर्ता गरिसकेको छ।
यस घटनापछि महानगरले स्थायी निगरानी प्रणालीसहित सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गर्ने तयारीसमेत थालेको छ। साथै, नागरिकलाई सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोगी बन्न र यस्ता गतिविधिको विरोधमा आवाज उठाउन आह्वान गरिएको छ।