जनता समाजवादी पार्टी परित्याग गरी एक सय भन्दा बढी जनमत पार्टीमा प्रवेश गरेका छन् । बारा जिल्ला कलैया उपमहानगरपालिका स्थित रहेको राज पार्टी प्यालेसमा जनता समाजवादी पार्टी जसपा अशोक राई नेतृत्वका प्रभावशाली नेता प्रमोद गुप्ता , पारस साह लगायत सयौको संख्यामा रहेका नेता तथा कार्यकताहरु ज्नमत पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा जनमत पार्टीका केन्द्रिय अध्यक्ष सिके रायत तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई पार्टी प्रवेश गराएका छन् । २०६४ सालको संबिधानसभाका सदस्य प्रमोद गुप्ता हुन भने २०७४ सालको मधेश प्रदेशसभाका सदस्य गुप्ता , गुप्ता र साहले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरेर जनमतमा प्रवेश गरेपछि जसपाको मधेश प्रदेशमा ठुलो धक्काको लागेको अनुमान गरिएको छ ।