गण्डकमा खटिएका टा्रफिक प्रहरीले मालवाहक ट्रकहरुलाई दुख दिने गरेको एक ट्रक चालकले गुनासो पोखे, सवारी साधनको सम्पुर्ण कागजपत्र हुदां पनि रकम नदिए सम्म दुख दिने गरेको ती ट्रक चालकले दाबी गरेका छन् । गण्ढक टा्रफिकमा कार्यरत रहेका असई गणेश यादवले मालवाहक ट्रकका सञ्चालक सँग महिनावारी रकम मांगेको वहाँ माथी आरोप लागेको छ । रातीको बखतमा सवारी साधन चेकजाँच गर्ने क्रममा तिम्रो साहु सँग हामीलाई पनि महिनावारी रकम दिन भन्नु भन्दै मालवाहक ट्रक छाडेको बुझनमा आएको हो । बिलबिजक हेर्ने काम प्रहरीको को हो टा्रफिक प्रहरीको होईन् ती मालवाहक ट्रकका सञ्चालकले भने, टा्रफिक प्रहरीको नियम उल्लर्घन गर्दे रकम उठाईरहेका असई यादव खुले आम रकम माग्ने गरेका छन् । सवारी साधनका चालकले टा्रफिक नियम पालना नगरेको अवस्थामा जरिवान गर्नु पर्ने हो ा महिनावारी रकम माग्ने होईन् । असई यादवले ती मालवाहक ट्रकका सञ्चालकलाई मात्र दुख दिएको एक जनामात्र पात्र हुन् । यस्ता एक दर्जन भन्दा बढीको चालकहरुलाई दुख दिने गरेको बुझनमा आएको छ । असई यादवले गर्दा सम्पुर्ण टा्रफिक प्रहरी नै बदनाम भईरहेको हुदां यस तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने हो । यसैगरी डाईपोर्टमा खटिएका ट्राफिक प्रहरीले पनि भारतीय मालवाहक ट्रकहरु सँग रकम लिने गरेका छन् ा हेभी गाडी भारतबाट नेपाल प्रवेश गरेपछि जरिवाना नकाटेर रकम लिई छाडेका छन् । डा्रईपोर्ट तथा सिर्सिया सुख्खा बन्दरगाहबाट आएका मालवाहक ट्रकहरु सँग टा्रफिक प्रहरीले बिचौलिया मार्फत महिनावारी लिने गरेको छन् । बिचौपलयाले डाइपोर्टमा खटिएका टा्रफिक प्रहरीलाई मोबाईलमा म्यासेज गरेर सेटिंग मालवाहक ट्रक छाड्ने गरेको खुलाशा भएको छ । एक बिचौलयाले दाबी गरे अनुसार भारतबाट आएका्े प्रत्येक हेभी गाडीबाट महिनाको नेपाली २० हजार लिने गरेका छ भने सेटिंगमा नभएका मालवाहक ट्रकलाई दुख दिई दुई हजार जरिवाना गर्नै गरेका छन् । टा्रफिक प्रहरीले जरिवाना गरेपछि भारतीय तथा नेपाली मालवाहक चालकले टा्रफिक प्रहरीले खटाएको बिचौलया सँग सेंिटग गर्ने गरेका छन् । यसैगरी परवानीपुरमा खटिएका टा्रफिक प्रहरी पनि खुले आम रकम लिने गरेका छन् । एउटा मालवाहक ट्रकले पर्सा जिल्लामा दुई स्थानमा रकम दिने गरेको हुन् । मालवाहक ट्रक तथा हेभी गाडी सँग उठाएको रकम टा्रफिक प्रहरी कार्यालय पर्साका प्रमुखलाई भागभण्डा लाग्ने गरेको छ ।