पर्सा जिल्लामा प्रधानमन्त्री केपी ओलीको भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । यही साउन ९ गते प्रधानमन्त्री केपी शर्का ओली पर्सा जिल्लाको ठोरीमा आउने कार्यक्रम तय भएको थियो । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ स्थित रहेको रायधारा परिसर निर्मल बस्ती खानेपानी आयोजनाको उद्धाटन गर्ने कार्यक्रम तय भएपनि अन्तिम चरणमा आएर उतm भ्रमण स्थगित भएको नेकपा एमालेका नेताहरु बताउनु भयो । प्रधानमन्त्री हाम्रो जिल्लामा आउने लगभग तय नै भइसकेको थियो । वहाँलाई ठोरी वासिन्दाहरुले भब्य स्वागत गर्ने योजना बनाएको बताृउंदै सम्पुर्ण तयारी भइसकेको हुनाले अन्तिम चरणमा प्रधानमन्त्री ओलीको भ्रमण स्थगित भएको जानकारी दिनुभयो । राजनितिक बिशेषताका कारण प्रधानमन्त्री केपी ओली ठोरीको भ्रमण स्थगित गर्नुभएको छ ।