बाराको पचरौता नगरपालिका वडा नम्बर ७ स्थित राम मन्दिरको मठमा बोरामा बेरिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको छ । बोरामा शंकास्पाद बस्तु सर्वसाधारण देखेपछि प्रहरीलाई खबर गरेका थिए ा, खबर पाउन बितीकै बारा प्रहरीले बोरा भित्र बिस्फोटक बस्तु हुने सक्ने आंशका गरेका हुन् । राममन्दिरमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्क्रिय गरेका छन् । पचरौता नगरपालिका वडा नम्बर ७ का वासिन्दाहरु त्रसित समेत भएका छन् ।