ई रिश्सा चार्ज गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर २४ बस्ने २४ वर्षीय जाहिर अन्सारीको मृत्यु भएको पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिनुभयो । मृत्क अंसारी आफनै घर अगाडी पार्किंग गरेर ई रिश्सा चार्ज गरिरहेका थिए ा चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लागेपछि अंसारी घाईते भएका हुन् । घाईते अंसारीको उपचारको क्रममा बीरगंजको नारायणी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक लम्सालले जानकारी दिनुभयो । मृत्क जाहिर अंसारीको शव पोष्ट मार्डमको लागी नारायणी अस्पालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।