स्याउको काटुन माथी आँप राखेर लागु औषध ओसार पोसार गरीरहेका दुई युवकलाई बारा प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको छ । बाराको सिम्रोनगढ नगरपालिका वडा नम्बर ९ पिठ्वा स्थि भारतबाट नेपाल तर्फ ज ८ प ५४२१ नम्बरको मोटरसाईकलमा सवार भई आउने क्रममा प्रहरी चौकी कचोर्वाका असई सोम प्रसाद रिमालको कमाण्डमा खटिएको प्रहरी टोलीले शंंकाको आधारमा स्याउको काटुन माथी आँप खानतलाशी गर्दा लुकाई छिपाई राखेको अबैध लागु औषध ४ हजार ८ सय एम्पुल सहित सर्लाही रामनगर गाउँपालिका वडा नम्बर १ धुर्वा टोल बस्ने २० वर्षीय राजेश गुप्ता र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीय नसिर अंसारी पक्राउ परेका छन् । बारा जिल्लाबाट आँप तथा स्याउको कार्टुन भित्र लुकाइ छिपाई गरेर अबैध लागु औषधको कारोवार भईरहेको स्पष्ट देखिएको छ । बिगत केही दिन अगाडी बारा जिल्लामा नै आँपको काटुन भित्र प्रहरीले भारीमा मात्रामा लागु औषध बरामद गरेको थियो । उनीहरुको साथबाट प्रहरीले नोफिन १६०० , फेनारगन १६०० र डाईजोपाम १६०० पिस बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।