बीरगंजको मेनरोड बिस्तारमा अवरोध गर्नका लागी पुर्ण सर्वाेच्च अदालतमा नयाँ रिट दर्ता भएको छ । सर्वाेच्चमा रिट दर्ता भएपछि त्रिभुवन राजपथ अन्तर्गत पर्ने बीरगंजको मुख्य सडक दाया बाँया २५ मिटर फराकिलो हुनमा समस्या उत्पन्न भएको हो । सर्वाेच्च अदालतले २०८१ साल फाल्गुण २८ गते बीरगंजको मेनरोड बिस्तारको पक्षमा फैसला कार्यान्वयन गरेको थियो । बीरगंजको मेनमरोड सडक बिस्तारको पक्षमा सर्वाेच्च अदालतले फैसला कार्यान्वयन गरेपछि बीरगंजको बिकास हुने भन्दै नगरवासीहरु हर्षित भएका थिए ा अदालतको फैसला आएपछि महानगरपालिका नगर प्रमुख राजेश मान सिंह त्रिभुवन राजपथ अन्तर्गत पर्ने बीरगंजको मुख्य सडक फराकिलो गर्नका लागी भन्सार क्षेत्रमा काम शुरु गरिसकेका छन् । भन्सार क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरेर बसेका टहरालाई तोडफोड गरी हटाएको पनि हो । मेनरोडका धरधनीहरुले सर्वाेच्च अदालतमा फेरि नयाँ रिट दायर गरेपिछ उतm फैसलाको बीरगंजवासीहरुले बिरोध गरेका छन् । बीरगंजको मुख्य सडक बिस्तार नभएसम्म बीरगंजको बिकासमा सम्भव नरहेको बीरगंजवासीहरुको भनाई रहेको छ । बीरगंजको बिकाशमा बीरगंजवासी नै मुख्य बाधक भएको देखिन्छ ा २०८१ साल फाल्गुण २८ गते सर्वाेच्च अदालतका न्यायधिश बिनोद शर्मा र महेश शर्मा पौडेलको संयुतm इजलाशले बीरगंजको मुख्य सडक बिस्तार हुन नहुने भन्दै घरधनीहरु हलेको रिट खारजे गर्ने निर्णय गरेको थियो भने सर्वाेच्चले यसअधि आफैले गरेको फैसला बिपरित दायर रिटमा छलफल गर्न बुधवारका लागी पेसी तोकेको छ ।
पटक पटक पेसी सर्दै आएको उक्त मुद्धामा सर्वोच्च अदालतले विपक्षीहरुको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि झण्डै १२ बर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारका लागि बाटो खुलेको थियो ।
तर, अहिले फेरि मुख्य सडक विस्तारको काम रोक्नका लागि २४ जनाले वीरगन्ज महानगरपालिका, प्रधानमन्त्री कार्यालय,जिल्ला प्रशासन कार्यालय, सडक विभागसहितकालाई विपक्षी बनाएर असार ३२ गते सर्वोच्चमा पुनः उत्प्रेषण मुद्दा दर्ता गराएका हुन् ।
वीरगन्ज– १२ का शीवजी कलवार, वीरगन्ज– ८ की सुशीला देवी रौनियार, वीरगन्ज– १२ की मनोती देवी रौनियार, वीरगन्ज– १६ का चन्द्रनारायण सिंह, वीरगन्ज– १० का राजकिशोर गुप्ता, वीरगन्ज– ८ का गोविन्द प्रसाद अग्रवाल, वीरगन्ज– ८ का राजेशकुमार रौनियार लगायतले असार ३२ गते सर्वोच्चमा उत्प्रेषण मुद्दा दर्ता गराएका हुन् ।
उक्त मुद्धा अर्थात रिटमा छलफलका लागि सर्वोच्च अदालतले बुधबारका लागि पेसी तोकेको पत्र महानगरपालिकाको कार्यालयलाई मंगलबार बिहानमात्रै प्राप्त भएको मेयर राजेशमान सिंहले बताए ।
असार ३२ गते दायर उत्प्रेषण रिटमा साउन ५ गते सोमबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले आदेश गर्दै मुद्दाको सन्दर्भमा छलफल गर्न बुधबारको समय दिएका हुन् ।
सडक विभागले २०६९ साल भदौ १५ गते, सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ फागुन ११ गते र २९ गते, २०७१ फागुन २ गते तथा २०७३ पुष १८ गते पनि १५ दिने सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउन आग्रह गरेको थियो ।