पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । बाराको हर्दिया प्रसौनी बस्ने ५० वर्षीय जिरजोधन माझीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। पर्साको सखुवा प्रसौनी गाउँपालिका महुवनमा ससुराली भएका माझी महुवन स्थित रहेको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी भने, प्रचण्ड गर्मी भएका कारण मृत्क जिरोजधन माझी पौडास् खेल्ने क्रममा उनको ज्यान गएको प्रहरीले आंशका गरेको हो । मंगलवार दिउँसो करिब ४ बजे देखी सम्र्पकबिहीन रहेका माझी बुधवार बिहान वडा नम्बर ५ स्थित रहेको वडा कार्यालय नजिकै रहेको पोखरीमा स्थानिय वासिन्दाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । खबर पाउन बितिकै वडा प्रहरी कार्यालय पोखरीयाबाट खटिएको टोलीले घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिई मुचुल्का उठाउंदा मृत्क बाराको हर्दिया प्रसौनी बस्ने जिरजोधन माझी रहेको पुष्टि भएको हो । मृत्कको शव पोष्टमार्डमको लागी नारायाणी अस्पतालमा पठाइएको पोखरीयाका प्रहरी भने , घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।