चित्रगुप्त समिती बीरगंजको अक्षयकोषमा ५ लाख ५ हजार रुपैया आथिर्क सहयोग उपलब्ध भएको समितीका अध्यक्ष महेश दासले भने, स्वर्गिय मोहन लालको चिर स्मृतिमा बीरगंज महानगरपालिका वडा नम्बर ३ सुशस्ल कुमार लाल, गगन मोहन लाल, अजित मोहन लाल र खड्क मोहन लालले चित्रगुप्त
समितीको अक्षयकोषमा ५ लाख ५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । केही वर्ष अगाडी सडक दुर्घटनाममा सुर्य मोहनलालको मृत्यु भएको थियो । आफनो मृतक भाई सुर्य मोहन लालको चिर स्मृतिमा उनका परिवारहरुले समितीमा आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
स्वर्गीय सुर्यमोहन लाल भतिजो मनिष सुमनले अविवाहित काकाको अंशको रुपैया काकाको चिरस्मरण को लागि अक्षयकोष स्थापना गरि चित्रगुप्त समिति मार्फत गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन ५ लाख ५ हजारको चेक हस्तान्तरण गरिएको बताए ।
दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिइने तथा अति आवश्यक विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष महेश दासले बताउनु भयो ।