जनमत पार्टी पर्साले बीरगंजमा नि शुल्क आँखा शिविरको आयोजना गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर २१ स्थित रहेको परवानीपुरमा जनमत पार्टीले आयोजना गरेको निशुल्क आँखा शिविरमा ८६ जना लाभविन्त भएका छन् । बीरगंज सामुदायिक आँखाको समन्वयमा ८६ जनाको आँखा चेकचाँच गरिएको थियो जस मध्ये १६ जना बिरामीहरुमा मोतिया बिन्दुको समस्या देखिएको हो । मोतिया बिन्दुको समस्या देखिएका बिरामीहरलाई नि शुल्क शल्यक्रिया गरिने जनमत पार्टीका पर्साका अध्यक्ष ओम प्रकाश सरार्फले बताउनु भयो ।