समाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले बोरिड मार्फत खानेपानी बितरण भईरहेको बेला केही ब्यतिmले तिन हजार रुपैया लिईरहेको स्टाटस लेखेपछि बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह लगायत टोली घटनास्थलमा पुगेर सत्य तत्य पता लगाई हस्तक्षेप गर्नु भएको छ । घटना हो , बीरगंज महानगरपालिका वडा नम्बर १५ को , महानगरपालिकाले लगाएको बोरिडमार्फत पानी बितरण भइरहेको बेला केही ब्यतिmले सरकारी श्रोतलाई निजी रुपमा प्रयोग गर्दै प्रतिब्यतिm सँग तिन हजार रुपैया उठाएर सिधै टयांकीमा पानी आपुर्ति गरिरहेको पाएपछि मेयर सिंहले तुरुन्तै पानीको पाइप काटेर कारवाही गर्न नगर प्रहरीलाई निर्देशन दिनुभएको थियो । महानगरपालिकाले सर्वसाधारण जनताहरुलाई राहतको लागी वार्डमा बोरिड मार्फत खानेपानी सहज होस भन्दै लगाएका छन् । केही ब्यतिmहरुले आफनो निजी स्वार्थको लागी पानीको सदुपयोग भन्दा दुरुपयोग गर्दै आईरहेका छन् । वडा नम्बर १५ मा खानेपानीको बिषय लिएर बिवाद उत्पन्न समेत भएको स्थानिय वासिन्दाहरुले भने, सरकारी पानी निजी प्रयोग गरीरहेको अनि त्यसमा हरेक ब्यतिm सँग तीन हजार रुपैया उठाएर टयांकीमा पानी आपुर्ति गर्ने ब्यतिmलाई बीरगंज महानगरपालिका मेयर राजेश मान सिंहले कारवाही गर्ने निर्देशन दिएपछि स्थानिय वासिन्दाहरु हर्षित भएका छन् । मेयर सिंहले हाम्रो टोलमा निष्पक्ष ढंगले निर्देशन दिदै कोही नागरिक खानेपानीबाट बञ्चित नहोस पानीमा राजनितिक नगर्ने बीरगंजवासीहरु सँग आग्रह गर्नुभयो । प्राकृतिक बिपतीको बेलामा सबैको साक्षा सहकार्य आवश्यक रहेको भन्दै अपातको घडीमा बिभेद स्वीकार्य नहुने नगर प्रमुख सिंहले भन्नु भयो । लामो समय देखी मधेश प्रदेशमा अविरल वर्षा नहुदां खानेपानीको हाहाकार भएको छ । संघीय सरकार, मधेश प्रदेश सरकार र स्थानिय सरकारले खानेपानीबाट मधेश जनताहरु मारमा नपरोस भन्दै मधेशको हरेका स्थानमा बोरिड जडान गरी खानेपानीको ब्यवस्था मिलाईरहेको छ ।