बिषालु सर्पको टोकाईबाट एक किशोरको ज्यान गएको छ । शुक्रवार राती अन्दाजी १० बजेर १५ मिनेटमा बिषालु सर्फले बारा जिल्ला पचरौता नगरपालिका वडा नम्बर ३ श्रीनगर बैरिया बस्ने ११ वर्षीय संगम कुमार डंस मारेको थियो ा सर्पले डंस मारेपनि मृत्क संगमका परिवारले धामीक्षाँकी बोलाएर उपचार गर्ने प्रयास गरेका थिए ा धैरे बेर सम्म संगमलाई निको भएपछि धामीक्षाँकीले असपतालमा लैजाने सल्लाह दिएपछि कलैया स्थित रहेको प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको चिकित्सकले बताए । मधेश प्रदेशमा बिगत केही महिना देखी प्रचण्ड गर्मी भएदेखी बिषालु सर्पहरुको बिगबिगी भएको छ । रातीको बखतमा शौचालय जाँदा वा हिलडुल गर्दा हातमा टर्च लाईट लिएर जानु पर्ने हो ।